सर्वोच्चकाे आदेश

अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अक्सिजनको आपूर्ति प्रभावकारी बनाउन पनि आदेश दिएको छ ।

सर्वोच्चले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेकाहरुलाई अविलम्ब खोप दिन पनि आदेश दिएको छ । त्यस्तै क्वारेन्टिन र आइसोलेसनको प्रभावकारी व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

कानुन पाेष्ट

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, जेष्ठ ४, २०७८ (May 18, 2021, 12:18 pm) मा द्वारा Court अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

ट्रेन्डिङ

भिडियाे

थप