Kanoon Post
सोमवार, फाल्गुन २५, २०८२
| March 8, 2026 |

वकालतमा पेशागत मर्यादा पहिलो प्राथमिकता- डिएलए‍ अध्यक्ष तथा बरिष्ठ अधिवक्ता के. सी.

डि. एल. ए. युवा कानून व्यवसायी समितिको आयोजनामा युवा कानून व्यवसायी, वकालत तथा चुनौति विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

User Photo शुक्रबार, पुस १३, २०८०
काठमाण्डौ ।

डेमाेक्रेटिक लयर्स एशाेसियशन (डि . एल. ए‍.) का केन्द्रीय अध्यक्ष बरिष्ठ अधिवक्ता सिताराम के. सी. ले वकालत पेशामा पेशागत मर्यादा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । डि. एल. ए. युवा कानून व्यवसायी समितिको आयोजनामा शुक्रबार युनियन हाउस अनामनगरमा गरिएको युवा कानून व्यवसायी, वकालत तथा चुनौति विषयक अन्तक्रिया कार्यक्रममा डि. एल. ए. केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता के. सी. ले उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका के. सी.ले वकालत संसारको सबैभन्दा उत्कृष्ट पेशा भए पनि चुनौतिहरु पनि त्यत्तिकै रहेको उनले बताए । निरन्तर मेहनत तथा परिश्रम र शिष्ट आचरणबाटै ती चुनौतिहरुको सामना गर्न सकिने उनले उल्लेख गरे । पेशाकर्मीहरुले पेशागत मर्यादा राख्न नसक्दा विकृतिहरु देखिँदै गएको उनको भनाई थियो ।

युवा कानून व्यवसायीहरुलाई प्रत्येक वडा कार्यालय, गाउँपालिका तथा नगरपालिकामा अनिवार्य रुपमा कानूनी परामर्शदाताको रुपमा राख्ने व्यवस्था गरी नवआगन्तुक कानून व्यवसायीहरुलाई अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।

नवप्रवेशी कानून व्यवसायीहरुलाई पेशामा स्थापित गराउन वरिष्ठ कानून व्यवसायीहरुसँगको समन्वयमा प्रत्येक प्रदेश तथा जिल्लामा पेशागत वृत्तिविकासका कार्यक्रम तथा तालिमहरुको आयोजना गरिने उनले बताए । युवा कानून व्यवसायहीहरुलाई प्रशिक्षण प्रदान गर्ने उद्देश्यले नै डि. एल. ए. युवा कानून व्यवसायी समिति गठन गरिएको उनको भनाइ थियो । यसै समितिमार्फत प्रत्येक प्रदेशमा वृत्तिविकासका कार्यक्रमहरुलाई प्राथमिकता दिइने उनले बताए ।

शुक्रबार युनियन हाउस अनामनगरमा गरिएको अन्तक्र्रिया कार्यक्रममा कि नोट स्पिकरका रुपमा प्रविन सुवेदीले उपस्थित युवा कानून व्यवसायहीहरुमाझ प्रस्तुति दिएका थिए । प्रस्तुतिका क्रममा उनले नव प्रवेशी कानून व्यवसायीहरुलाई के कस्ता चुनौतिहरु आइपर्छन्, ती चुनौतिहरुको सामना कसरी गर्ने र पेशागत कौसलतामा कसरी निखार ल्याउने भनी बताएका थिए । उपत्यकाका विभिन्न ल क्याम्पसहरुबाट सहभागी नवप्रवेशी कानून व्यवसायीहरुले आफूले देखे भोगेका समस्याहरुबारे बताएका थिए । ती नव प्रवेशी कानून व्यवसायीहरुको जिज्ञासाको समाधान गर्दै कि नोट स्पिकर सुवेदीले नेपाल बार एसोसिएसनको पहलमा नवप्रवेशी कानून व्यवसायीको प्रोत्साहन तथा उत्प्रेरणाको लागि सम्बन्धित बार युनिटमार्फत उनीहरुप्रति सम्मानजनक व्यवहार हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यसले प्रतिभावान कानून व्यवसायी यस पेशाप्रति आकर्षित हुने र समग्र न्यापालिकाको रुपान्तरण त्यसले मद्दत पुर्याउने उनको भनाई थियो ।

डि. एल. ए. का पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, वरिष्ठ अधिवक्ता भरत प्रसाद खरेलले युवा कानून व्यवसायीको काँधमा समग्र न्यायपालिकाको शुद्धिकरणको जिम्मा आएको बताएका थिए । न्यायपालिकाको शुद्धिकरणको लागि युवा कानून व्यवसायीसँग हातेमालो गरी हिँड्न आफू तयार रहेको उनीहरुको भनाई थियो । कानून व्यवसायीको वृत्तिविकास तथा प्रशिक्षणले पेशामा निखारता आउने उनीहरुले बताए । आफ्नो अनुभवले आर्जन गरेको ज्ञान तथा सिपलाई युवामाझ बाँड्ने अवसरको खोजीमा रहेको उनीहरुको भनाई थियो । युवा कानून व्यवसायी समितिले सो अवसर जुटाइदिएकोमा धन्यवाद समेत व्यक्त गरे ।

डि. एल. ए. युवा कानून व्यवसायी समितिका संयोजक आर. सी. गौतमको अध्यक्षतामा गरिएको उक्त अन्तक्रिया कार्यक्रममा नवप्रवेशी कानून व्यवसायीहरुको उल्लेख्य सहभागीता थियो । उक्त समितिले प्रदेशगत रुपमा कानूनी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने समितिका संयोजक गौतमले घोषणा गरे ।

# डि. एल. ए. # डि. एल. ए. युवा कानून व्यवसायी समिति # सिताराम के. सी.

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.