उच्च अदालत बार एशोसिएशन पाटन ललितपुरको आगामी कार्यसमिति तथा कार्यकारिणी परिषद (पार्षद) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ। यस पटकको निर्वाचनमा स्वतन्त्र कानून व्यवसायी मञ्चले इतिहासमै पहिलो पटक यस बारमा सधै जित्दै आएको पिपिएलए विरुद्ध पूर्ण टिम सहित उम्मेदवारी दर्ता गराएको छ, जसअन्तर्गत मञ्चले सबै पदाधिकारी, सदस्य तथा पार्षदमा समेतका उम्मेदवारहरू खडा गरेको हो ।
उच्च अदालत बार एशोसिएशन पाटन एकाइ अहिलेसम्म सधैं पिपिएलएले जित्दै आएको बार एकाइको रूपमा परिचित छ। यस एकाइको निर्वाचनमा अन्य कुनै संगठनबाट पुर्ण उम्मेद्वारले प्रतिस्प्रधा गर्न नसकेको भए पनि यस पटकको चुनावमा पहिलो पटक प्रतिस्प्रधामा उत्रिएको स्वतन्त्र मञ्चले भने इतिहासमै पहिलोपटक सबै पदमा प्यानल सहितको उम्मेद्वारी दिएको हो ।
यस पृष्ठभूमिमा स्वतन्त्र कानून व्यवसायी मञ्चको यसपटकको पूर्ण प्यानल उम्मेदवारी र सधै जित्दै आएको पिपिएलएको अन्य संगठन संगको गठबन्धन सहितको उम्मेद्वारीलाई चासोका साथ हेरिएको छ । यस चुनावमा सदाबहार जित्दै आएको पिपिएलएको मुख्य प्रतिस्प्रधी स्वतन्त्र कानून व्यवसायी मञ्चको टिम बनेको छ ।
चुनावमा गठबन्धन सहित पिपिएलए, स्वतन्त्र कानून व्यावशायि मञ्च र डिएलएको प्रतिस्प्रधा छन । पिपिएलएले पनि अन्य संगठनहरूसँग गठबन्धन गरेको भए पनि स्वतन्त्र कानून व्यावशायि मञ्च र डिएलए भने एकल प्रतिस्पर्धामा छन ।
पिपिएलएले एकाधिकार जमाउँदै आएको बार एकाइमा यसपटक पहिलो पटक स्वतन्त्रले सबै पदमा उम्मेदवार उठाएसँगै नतिजा के हुने भन्नेतर्फ कानुन व्यवसायी समुदायको चासो बढेको छ।

