Kanoon Post
मङ्लबार, अशोज २०, २०८३
| October 5, 2026 |

अदालतको अभिलेख गुमे न्याय सम्पादनमा गम्भीर असर: प्रधानन्यायाधीश

सुरक्षित डिजिटल अभिलेख, भरपर्दो ब्याकअप र विपद् पुनरुत्थान प्रणालीमा जोड

User Photo सोमवार, अशोज १९, २०८३
काठमाण्डौ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास बढाउन डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रविधिको विकाससँगै अन्तरनिर्भरता बढेको बताए। तर यसका जोखिम र चुनौती कुनै एक देशको सीमाभित्र मात्र सीमित नहुने भएकाले समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानन्यायाधीश शर्माका अनुसार प्राकृतिक तथा मानवसिर्जित संकटले डिजिटल र प्रविधि पूर्वाधारसहित समग्र पूर्वाधार कति जोखिममा छन् भन्ने देखाएका छन्। अदालतको अभिलेखमा पहुँच गुमेमा न्यायपालिकाको काममा गम्भीर असर पर्छ। त्यसैले सुरक्षित डिजिटल अभिलेख, भरपर्दो ब्याकअप र प्रभावकारी विपद् पुनरुत्थान प्रणालीको महत्व झनै बढेको उनले बताए।

उनले न्यायपालिकामा पछिल्लो समय मुद्दा व्यवस्थापन, इलेक्ट्रोनिक फाइलिङ, प्रमाण व्यवस्थापन र न्यायिक सुनुवाइलगायत काममा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गरे। उनका अनुसार डिजिटल रूपान्तरणको मुख्य उद्देश्य न्यायमा पहुँच बलियो बनाउनु हुनुपर्छ। यसले छिटो, कम खर्चिलो र नागरिककेन्द्रित न्याय सुनिश्चित गर्नुपर्छ।

प्रधानन्यायाधीश शर्माले इन्टरनेट गभर्नेन्स जोखिम व्यवस्थापन, पूर्वतयारी र उत्थानशीलतामा बलियो रूपमा आधारित हुनुपर्नेमा पनि जोड दिए। सर्वोच्च अदालतले हालै बनाएको “न्यायिक सूचना तथा सञ्चार प्रविधि नीति २०२६” ले सूचना सुरक्षालाई डिजिटल रूपान्तरणको मुख्य आधार बनाएको उनले बताए ।

# डा. मनोजकुमार शर्मा # प्रधानन्यायाधीश # सर्वोच्च अदालत

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.