Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

ठेक्का रकम भुक्तानीमा एक लाख घुस लिएको आरोपमा मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Photo शुक्रबार, साउन २३, २०८२
काठमाण्डौ ।

सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित यसअघि नै नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानका क्रममा मेयर साहले कल्याणपुर नगरपालिका–६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

# बिशेष अदालत # भ्रष्ट्राचार # मेयर # राजनिति

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.