Kanoon Post
शुक्रबार, अशोज १०, २०८२
| September 26, 2025 |

सामूहिक बलात्कारको आरोपमा धनुषाका एक वकिल पक्राउ

उच्च अदालतको आदेश पश्चात मात्रै जाहेरी दर्ता

User Photo
आइतवार, भदौ १, २०८२
जनकपुरधाम ।

सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् ।

उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई शनिबार धनुषा ल्याइएको छ ।

आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।

अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको छ । धनुषा प्रहरीका अनुसार घटना १२ माघ २०८१ को हो ।

बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।

पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

# अपराध # कानून व्यावशायि पक्राउ # जनकपुरधाम # वकिल नै बलात्कार आरोपी # वकिल पक्राउ

User Photo

एक्टिभ लयर्स प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


Kanoon Post

सञ्चालक
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.