Kanoon Post
मङ्लबार, जेष्ठ १२, २०८३
| May 26, 2026 |

संवैधानिक इजलास गठन विवाद टुंगियो, अब प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

User Photo बुधबार, भदौ ११, २०८२
काठमाण्डौ ।

सर्वोच्च अदालतमा लामो समयदेखि देखिएको संवैधानिक इजलास गठनसम्बन्धी विवाद टुंगिएको छ। अब संवैधानिक इजलासमा प्रधानन्यायाधीशले रोष्टरमार्फत अरू चार जना न्यायाधीश छनोट गर्ने भएकाछन।

यसअघि इजलास वरिष्ठताका आधारमा गठन हुँदै आएको थियो। तर संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति देखिएपछि न्यायाधीश छनोट प्रक्रियामै प्रश्न उठेको थियो। त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रणाली प्रस्ताव गरे पनि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायतले असहमति जनाएपछि संवैधानिक इजलास करिब एक महिनादेखि अवरुद्ध भएको थियो।

बुधबारदेखि रोष्टरमार्फत न्यायाधीश चयन गर्ने अभ्यास सुरु गर्दै राउतले संवैधानिक अधिकार प्रयोग गरेर संवैधानिक इजलास पुनः सञ्चालनमा ल्याएका छन्। उनले अब कुनै विवाद नरहेको र इजलास नियमित रूपमा बस्ने दाबी गरेका छन्।

बुधबार बिहानको गोला प्रक्रियापछि पत्रकारहरूसँग बोल्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संविधानको धारा १३७(१) अनुसार आफूले अधिकार प्रयोग गरेर रोष्टरबाट न्यायाधीश चयन गरेको बताए।

यसअघि वरिष्ठताक्रमका आधारमा इजलास गठन हुने अभ्यास भंग गर्दै राउतले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मालाई संवैधानिक इजलासमा तोके। यदि वरिष्ठताक्रम अपनाइएको भए कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा इजलासमा पर्ने सम्भावना थियो।

एक महिनादेखि अवरुद्ध संवैधानिक इजलास यसरी पुनः सक्रिय भएको छ। राउतले यसअघि पनि संवैधानिक इजलास गठनमा विभिन्न अभ्यास हुँदै आएको स्मरण गर्दै कुनै विवाद नभएको बताए।

न्यायाधीश चयनमा आलोचना उठ्न सक्ने सम्भावनाबारे उनले निष्ठामा आधारित निर्णय भएकाले प्रश्न नउठ्ने दाबी गरे। साथै सर्वोच्चमा विचाराधीन २४ हजार मुद्दाप्रति ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्दै उनले संवैधानिक इजलास मात्र विवादको विषय बन्न नहुने बताए।

# प्रधानन्यायाधीश # सर्वाेच्च अदालत # संवैधानिक इजलास

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.