Kanoon Post
बुधबार, बैशाख ९, २०८३
| April 22, 2026 |

ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

User Photo मङ्लबार, कार्तिक ११, २०८२
काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।

पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। ‘रिट निवेदन पेश भएको छ। त्यसमाथि अध्ययन चलिरहेको छ। अध्ययनपछि दर्ता हुने नहुने टुंगो लाग्नेछ,’ ती कर्मचारीले भने।

रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर पेश भएको हो।

सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्न वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास छ।

२३ र २४ को जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा ओलीलाई सरकारले अनुमति बेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ। यस्तै, उनको पासपोर्ट समेत रोक्का गरिएको छ।

# केपी शर्मा ओली # सर्वाेच्च अदालत

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.