Kanoon Post
बिहिबार, बैशाख १७, २०८३
| April 30, 2026 |

बार एसोसिएसनको न्यायपरिषदमा धर्ना, भोली देशभरका अदालतमा पनि बिरोध कार्यक्रम

User Photo आइतवार, भदौ १६, २०८१
काठमाण्डौ ।

नेपाल बार एसोसिएसनले न्याय परिषद नियमावली, २०७४ मा गरिएकाे संशोधन सच्याइनुपर्ने लगायतका माग राखी आज न्यायपरिषद्मा धर्ना दिएको छ । आजै बारले विज्ञप्ती जारी गर्दै न्याय परिषदले उक्त गैर संबैधानिक नियमावली संशोधन खारेज नगर्दा सम्म निरन्तर बिरोध तथा आन्दाेलनका कार्यक्रम जारी रहने  बताएको छ।

संविधानको मर्म विपरित न्याय परिषद नियमावली संशोधन भएको प्रति असहमति जनाउदै बारले प्रधान न्यायधिस तथा प्रधानमन्त्री समेतलाई ध्यानाकर्षण गराई सके पनि सुनुवाई नभएकोले आजदेखी बिरोधका कार्यक्रम सुरु गरिएको बारले विज्ञप्तिमा उल्लेख गरेको छ । आन्दाेलनकै निरन्तरता स्वरुप भोली भाद्र १७ गते देशभरका अदालतमा दिउसाे २ बजे देखी ३ बजे सम्म बार ईकाइहरुले धर्ना दिने कार्यक्रम रहेको समेत विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

बारले वकिलको वरियता पछाडि पारेर कर्मचारीलाई अगाडि राखेको र त्यही आधारमा न्यायाधीश नियुक्तिको चलखेल भएको जनाउँदै असन्तुष्टि पोख्दै आएको छ ।

# अदालत # नेपाल बार एसाेशियसन # न्याय परिषद

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.