Kanoon Post
सोमवार, फाल्गुन २५, २०८२
| March 8, 2026 |

वरिष्ठ अधिवक्ता शम्भु थापा माथि भएको दुर्व्यवहार प्रति सर्वोच्च बार एशोसिएशनको भर्त्सना

User Photo शुक्रबार, जेष्ठ २३, २०८२
काठमाण्डौ ।

भिडियो खिच्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा माथि भएको दुर्व्यवहार प्रति सर्वोच्च बार एशोसिएशनले भर्त्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै  सर्वोच्च अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता थापा प्रति मिति २०८२/०२/२२ गते बिहीबार भएको दुर्व्यवहार तथा थापा लक्षित टिप्पणीहरू प्रति सर्वोच्च बारले भर्त्सना गरेको हो ।

सर्वोच्च बार एशाोसियशन द्वारा जारी विज्ञप्तिमा भनिएको छ ” सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य, पूर्व अध्यक्ष एवम् नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री शम्भु थापासँग मिति २०८२/०२/२२ गते बिहीबार अपरान्ह भएको दुर्व्यवहार र उहाँ लक्षित र उहाँप्रति गरिएका टिप्पणीहरू मुलुकी अपराध संहिताद्वारा संरक्षित वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरूद्धको कार्य मात्र नभई पत्रकारिता, पेशागत आचरण र मर्यादा समेतको प्रतिकूल भएकाले उक्त अशोभनीय कार्य र कार्यशैलीप्रति यस सर्वोच्च अदालत बार एशोसिएशन घोर भर्त्सना गर्दछ ।”

साथै कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको “तस्वीर खिचिन गएको रहेछ” भने यस दफा बमोजिमको कसुर गरेको मानिने छैन भन्ने मुलुकी अपराध संहिताको, २०७४ को दफा २९५ को प्रतिबन्धनात्मक व्यवस्थाले समेत सार्वजनिक स्थलमा पनि नियतवस कुनै “व्यक्ति विषेशको” तस्वीर खिच्न निषेध गरिएको तर्फ सचेत एवम् संवेदनशील हुनुपर्ने कानूनी कर्तव्यप्रति उदासीन हुने छुट कोही कसैलाई नभएको स्पष्ट पार्दै पत्रकारिता पेशाको संवेदनशीलता र जिम्मेवारी समेतलाई केन्द्रमा राखि पेशागत कार्य गर्दा वा गरिएका बखत व्यक्तिको व्यक्तिगत प्रतिष्ठा र गोपनियताको अधिकार हनन् नहुने तवरले संयमित एवम् मर्यादित भएर मात्र गर्नुहुन यो बार सरोकारवाला सबैको ध्यानाकर्षण समेत बारले गराएको विज्ञप्तिमा उल्लेख छ ।

विहिवार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा र पत्रकार बिच विवाद भएको थियो । थापाले पत्रकार माथि दुर्व्यावहार गरेको भनी विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

हेर्नुहोस विज्ञप्ति

# शम्भु थापा # सर्वोच्च बार

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.