Kanoon Post
बिहिबार, बैशाख ३, २०८३
| April 16, 2026 |

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट, बीमा ऐन दफा १४० सम्बन्धी अधिकार जिल्ला अदालतलाई तोक्ने मन्त्रिपरिषद्को निर्णय

User Photo मङ्लबार, फाल्गुन १२, २०८२
काठमाण्डौ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को अर्को निर्णय छ ।

यस्तै बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ ।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलरबराबरको नगद अनुदान स्वीकार गर्ने, चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने , आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्ले निर्णय जेनजी परिषद गठन गर्ने सम्बन्धको छ ।


User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.