जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियारले बुधबार बिहान छापा हान्दा नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगद घुस सहित पक्राउ परेकाछन । भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी परेको थियो।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २ लाख घुस र मोबाइल एकथानसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
