Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

घुस खाएर निर्णय गरेको भन्दै न्यायिक समिति सदस्य विरुद्ध भ्रष्टाचार मुद्दा

User Photo सोमवार, भदौ २, २०८२
काठमाण्डौ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दुई लाख विगो र जरिवाना माग गरी आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविन कुमारले न्यायिक समिति सदस्य श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

# अख्तियार # न्यायिक समिति # बिशेष अदालत # भ्रष्टाचार

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.