Kanoon Post
सोमवार, फाल्गुन २५, २०८२
| March 8, 2026 |

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जना पक्राउ

User Photo मङ्लबार, फाल्गुन १९, २०८२
काठमाण्डौ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जना पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधि र सामाजिक सञ्जाल दुरुपयोग गरी अफवाह फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचन र नियमित शान्तिसुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी गतिविधि गर्ने र एआइको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, झुठा प्रचारप्रसार गर्नेलगायत कसुरमा उनीहरू पक्राउ परेको प्रवक्ता काफ्लेको भनाइ छ । प्रहरीले निर्वाचन सुरक्षालाई खलल पुर्‍याउने गरी सामाजिक सञ्जाल दुरुपयोग गर्नेविरुद्ध निगरानी र नियन्त्रण गर्न साइबर ब्यूरो र देशभरका प्रहरी कार्यालयबाट विशेष संयन्त्र परिचालन गरेको छ ।

निर्वाचन आयोग, प्रहरीकै केन्द्रीय निर्वाचन सेल, जिल्ला निर्वाचन सेलमार्फत यो संयन्त्र देशभर सक्रिय बनाइएको छ । योसहित समग्र शान्तिसुरक्षा व्यवस्थापनका लागि प्रहरीले निर्वाचन सूचना व्यवस्थापन प्रणाली (इआईएमएस), भौगोलिक सूचना प्रणाली (जीआईएस)लगायत प्रणालीको पनि विकास गरी निर्वाचन व्यवस्थापन तथा सुरक्षामा आफ्नो संयन्त्र तैनाथ गराएको छ ।

प्रहरी प्रधान कार्यालयमै गत साता एआई युनिट गठन गरी कार्यान्वयनमा ल्याइएको छ । यो युनिटले एआइको दुरुपयोगबाट हुने कसुरको निगरानी र जाँच गरी दोषी देखिए संलग्नलाई कारबाहीका लागि सम्बद्ध अनुसन्धान युनिटलाई पठाउँछ ।

# निर्वाचन # निर्वाचन अवरोध # निर्वाचन गतिविधि # पक्राउ

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.