Kanoon Post
बुधबार, जेष्ठ ६, २०८३
| May 20, 2026 |

धर्म परिवर्तन गरे जाति बिषेशको सुविधा र आरक्षण नपाउने भारतिय सर्वोच्च अदालतको फैसला

User Photo मङ्लबार, चैत्र १०, २०८२
काठमाण्डौ ।

भारतको सर्वोच्च अदालतले ‘अनुसूचित जाति-जनजाति’ले धर्म परिवर्तन गरे ती जातिलाई सरकारले उपलब्ध गराउँदैआएको सुविधा र आरक्षण नपाउने फैसला गरेको छ ।

मंगलबार आएको सर्वोच्चको फैसलाले अनुसूचित जातिको कुनै पनि व्यक्तिले धर्म परिवर्तन गरेर इसाई धर्म अपनाए ‘अनुसूचित जाति र अनुसूचित जनजाति (अत्याचार निवारण) अधिनिमयअनुसार कुनै पनि लाभ र सुविधा नपाउने उल्लेख छ ।

यसअघि यस्तै फैसला आन्ध्र प्रदेशको उच्च अदालतले गरेको थियो । सोही फैसलालाई सर्वोच्चले सदर गरेको बीबीसी हिन्दीले लेखेको छ ,

‘यदि कोही व्यक्ति इसाई धर्म अपनाउँछ, इसाई धर्म मान्छ र पालन गर्छ भने उसलाई अनुसूचित जाति-समुदायको सदस्य मान्न सकिन्न,’ फैसलाअनुसार भनिएको छ, ‘केवल हिन्दू, वुद्ध, शिख धर्मका मानिस मात्रै अनुसूचित जातिको श्रेणीमा आउनसक्छन् । यदि कोही यी धर्मबाट अलग भएर धर्मान्तरण गर्छन् भने ऊ अनुसूचित जातिलाई दिएको सुरक्षा वा आरक्षणको लाभ उठाउन सक्दैन ।’

सन् १९५० को एक संवैधानिक आदेशमा हिन्दू धर्मबाहिरको कोही पनि व्यक्ति अनुसूचित जातिको श्रेणीमा नआउने उल्लेख छ । तर, यसपटकको फैसलाको प्रभाव के हुन्छ त्यो भने फैसलाको पूर्णपाठ आएपछि प्रस्ट हुने बताइएको छ ।

फैसला आउनुअघि नै इस्लाम र इसाई धर्म अवलम्वन गरिसकेकाहरूका हकमा के हुन्छ ? भन्ने अझै प्रस्ट भइसकेको छैन ।

# अन्तराष्ट्रिय # फैसला # भारतिय सर्वोच्च अदालत

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.