Kanoon Post
मङ्लबार, असार २, २०८३
| June 15, 2026 |

वि.सं. १८८३ को श्री ५ राजेन्द्रको न्यायिक बन्दोवस्तका ११ सवाल र कानूनी व्यवस्था

User Photo बिहिबार, साउन १०, २०८१
काठमाण्डौ ।

आगे दलभंजन पाँडे के तैँले दरवारमा वसी अदातली काज चलाउँदा गर्न्या  कामको सवाल गरी वक्स्यौँ पातिर्ज्मासित यस काजमा, तनमन लगाई मोलाहिजा कसैको नराषि लोभ मोहमा नपसी जस्ताको तस्तो निसाप पारी छिँनु ।

प्रथम सबाल
हाम्रा भर मुलुकका श्रीगुरु प्रोहित भूटक सुब्बा अदालत दफतरषानाका श्रीकुमारीचोक सुवेदार ज्मदार अलाली इजारादार रकमी. सिपाही गैरहले थिचो मिचो आउन्या चार वर्ण निसाफ पायुँन भनी कराउन थुडा गरीव गुरुवा जो फिर्याद गर्न  आउँछन्‌  जसका नाउँमा फिराद गर्न आउँछन्‌ तसलाई झिकि तनको कुरो जस्तोको तस्तो पारी छिंनु आफूले आट्नु नसक्याको कुरा हाम्रा हजूरमा बिन्ति गरि हुकुम वक्स्या बमोजिम गर्नु ।

दोस्रा सवाल

फिर्यादीको दोहोरो कुरा सुनी आफ्ना चित्तले ठहराउन नसक्याका कुरामा श्री जनरलसित बसी ठहराइ सो कुरा हाम्रा हजुरमा विंति पारी हुकुम बक्स्या बमोजिम गर्नु ।

तेस्रा सवाल

फिर्यादीका कुरा सुनी निसाफ गर्दा छोडा वडा जसको बेजाञिले फेराद आयाको छ तसलाई झिकि पुर्पछे सुनी ज्याकुरो विजाञि गर्याको ठहर्छ सोकुरा दिलाइदिनु तेरा भन्दा नमानी धेगाई गर्न्यालाइ हाम्रा हजुरमा विंति पारी हुकुम वक्स्या बमोजिम गर्नु ।

चौथा सवाल

अत अधार केही नहुन्या दर्वारबाट जगा दर्व्यले मात्र वाचन्या बक्स्याको जगा दर्व्य व्यहोरन नपाई षाना लाउन्या विनु मन लागन्याको कुरा हाम्रा हजुरमा बिंति पारी मुनासिव माफिक हामीले वंस्क्याको वेहोराई गर्नु ।

पाँचौ सवाल

चारै षुटका गरीव गुरुवा फकीडफकडा राहदानी (री) नपाई अट्केर करान्याहरुको कुरा सुनी उसबाट कौनै कुराको बिगार नठहर्न्या देष्या जौनादिसा जान्या भंछ तसतसैदिसाको राहदानी (री) गर्न्या भारादार छेउ पठाई राहदानी गरी पठाई दिनु ।

छैटौं सवाल

फिर्या आउन्या र छिवरो भाग जो छयलिरहेछ अघि निका मानिसको नालीस गरी पुर्पछे गर्दा पोल्हा ठहर्यो भन्या सो कुरा हाम्रा हजूरमा जाहेर  गरी ममोनासिब माफिकको सासना हाम्रा हुकुम बमोजिम गर्नु ।

सातौ सवाल

फिर्यादुका कुरा सुंदा विडि हाल्या भन्या विडी कर्पन समाती पानी कराहि नपुगी छिन्या रहेछ भन्या झगरियाको कायलनामा ली चारदाम रष्याइ डंड जितावरी गरी छिंनु झगरियाले भाकनु भकाभकाउनामा राजी छौं भन्या भकाइ दीनु पानी कराही नदीइ झगरा छिंन्या रहेनछ भन्या आफ्ना मानिस साथ अदालत्‌ पुर्याइदीनु ।

आठौं सवाल

सर्वस्व हुन्या नात सानिमा पर्याका षताहार  वास्नी पाचुकी गर्न्या झगरा आयो भन्या आफना मानिस साथलाइ  इटाचपली डिठ्ठा अर्जवेगी छेउ पुर्याइदिनु ।

नौवाँ सवाल

अरु कचहरीमा हाम्रा झगरा सुनी छिनि दिऐन धेरै भयो पुर्पछे पाञ्युन हामी गल्यु  भनी कराउन आया भन्या उस्को झगरिया ल्याई पुर्पछ गरी जस्तो निसाप पारी चाडैं छिनी दिनु ।

दसमा सवाल

सवाल बमोजिमको काज्‌ काम गर्दा १ पट्टी चप्रसीलाई रुजु राषी अह्वाउनु षटाउनु तेरामार्फत भयाको मोहरका दस्तूर वा जे आम्दानी षसोषास दर्वार दाषील गरओ रसीद लीनु ।

यगारौं सवाल

येस काजमा चाहिन्या मानिस विचारी २ वहिदार २ तहविल्दार २ टहलुवा जना १ ज्मा जवान ७ के षांगी वर्ष १ को रूपैया १३२४ ताहीका आमदानीमा ली तप्सील बमोजिम षानु विचारी जना २ के ७०० वहीदार जना २ के रूपैया २८८ तहवील्दार जना २ के ३०० टहलुवा जना १ के रूपैया ३६ —————

खान्गि वाहेक आफुले गर्याको  कामको आम्दानीका दसौंध र मामूली जडावर दस्तूर वा श्री कुमारीचोकको सर्दार विचारी नौसिंदा तहविल्दार टहलुवाका सरह बमोजिम तिमिहरूले पनि तहिका आम्दानीमा लिनु मोजरा पर्ला ।

इति संवत १८८३ साल मिति फागुन सुदी ७ रोज ५ शुभम्‌ ——

साभारः कानून अभिलेखहरु

कानून सहप्रकाशन, कानून व्यवसायी क्लब, काठमाडौं

प्रथम संस्करण, २०६३

# कानूनी इतिहाँस # नेपाली कानून

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.