Kanoon Post
बुधबार, बैशाख १९, २०८१/ May 1, 2024,

आईएमई लाईफ ईन्स्योरेन्स  लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ

कैलालीको लम्की चुहा न पा .–५ का विमित स्व. गंगा देवी विष्ट  का छोरा राम बहादुर विष्ट ज्यू लाई ५ लाख १७ हजार ५ सय रुपैयाँ प्रदान गाएको छ । कम्पनीका क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटा , लम्की चुहा नगर पालिका वडा न ५ का वडा अध्यक्ष माया विष्ट  ले संयुक्त रुपमा उक्त रकम हस्तानान्तरण गनुभएको हो। लम्की चुहा नगरपालिका -५ , चौरी स्थिति आफ्नै घरमा एक कार्यक्रम गरि रकम हस्तान्तरण गारिएको थियो । स्व. गंगा देवि विष्टले २०७८ साल असोज १५ गते आई.एम.ई. लाईफ ईन्स्योरेन्स क. लि. लम्की शाखामा ५ लाख रुपैयाँको आई . एम ई सरल सावधिक जिवन बिमा गर्नु भएको थियो । ५ लाख रुपैयाँको बिमा गर्नुभएको उहाँले एक किस्ता ३७२५५ मात्रै प्रिमियम बुझाउनु भएको थियो ।
बीमा जारी भएको छोटो समयमा २०७८ साल मंसिर १८ गते ५३ वर्षको उमेरमा उहाँको असामयिक निधन भएको थियो । बिमा रकम बुझेपछि राम बहादुर विष्टले ममतामयी आमाको मृत्युको पीडा भुल्न कम्पनिले विना झन्झट दिएको दाबी भुक्तानी रकमले धेरै ठुलो सहयोग गरेको बताउनु भयो । लम्की चुहा नगर पालिका वडा नं-५ का वडा अध्यक्ष माया विष्ट ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको शाखा प्रमुख बल बहादुर थापाले बताए । आइ एम ई लाईफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय शाखा प्रमुख तुल्सी देवकोटा , एजेन्सी सृष्टि साउद , शाखा प्रमुख बल बहादुर थापा तथा गाउँका बुद्धिजिबि , समाजसेवी छर छिमेकी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कम्पनिका क्षेत्रिय शाखा प्रमुख तुल्सी देवकोटा ज्यूले बिमाका फाइदा , विमाले घरका आश्रित परिवारलाई ठुलो राहत मिल्ने र बेलैमा हामी सबैले आफ्नो क्षमता अनुसार वार्षिक केही रकम विमामा बचत गरी आफु र आफ्नो परिवारको जीवन सुरक्षित गर्नुपर्छ र अन्य नराम्रो ठाउँमा (कूलत ) पैसा खर्च गर्दा एक न त स्वास्थ्य बिग्रीने अर्को तिर पैसा पनि बचत नहुने हुनाले नराम्रो बानी लाई राम्रो बानी व्यहोरा तिर जाने जस्ता विमा सम्बन्धी जनचेतना बढाउनु पर्ने भनाई व्यक्त गर्नुभएको थियो । भने वडा अध्यक्ष माया विष्ट ज्यूले घटना घटेको छोटो समयमा कम्पनी घरमै आई दाबी भुक्तानी गरेकोमा कम्पनीका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै घरको मुल अभिभावक गुमाउँदाको पिडा केहि हदसम्म आइ एम इ लाइफ कम्पनि लिमिडेटले कम गरेको बताउनु भएकाे थियो !
स्वार्गिय गंगा देवि विष्ट ज्यू को असामयिक दु :खत निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गदै शोकसन्तप्त परिवार प्रति हार्दिक सहानुभूति प्रकट गर्दछौ !
आई .एम .ई .लाईफ परियार !!!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2024 Active Lawyers Pvt.Ltd. All Rights Reserved.