Kanoon Post
बिहिबार, जेष्ठ २, २०८२
| May 15, 2025 |

खुला विश्वविद्यालयबाट कानुन पढेकाहरुको लाइसेन्सका लागि छुट्टै परीक्षा हुने

User Photo
आइतवार, पुस ८, २०८०
काठमाण्डौ ।

नेपाल कानुन व्यवसायी परिषदले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक उतीर्ण विद्यार्थीहरुको लाइसेन्सका लागि छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको परिषदको बैठकले व्यवस्थापकीय काम सम्पन्न गर्नुपर्ने भन्दै उनीहरुका लागि पछि फारमको सूचना प्रकाशित गर्ने निर्णय गरेको परिषदका एक सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले गत शुक्रबार खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पास भएका विद्यार्थीलाई पनि बार काउन्सिल (नेपाल कानुन व्यवसायी परिषद)को परीक्षाबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

कानुनमा स्नातक उपाधी पाएका विद्यार्थीले अधिवक्ताको प्रमाणपत्र पाउन बार काउन्सिलको परीक्षा उतीर्ण गर्नुपर्छ । बार काउन्सिलले खुला विश्वविद्यालयको स्नातक तहको कोर्ष मापदण्ड अनुसार नभएको भन्दै त्यहाँबाट स्नातक उतीर्ण विद्यार्थीलाई परीक्षामा सहभागी गराएको थिएन ।

तोकिएको शिक्षण अवधि पूरा नभएको, प्रयोगात्मक अभ्यास नभएको, दुरीमा बसेर पढ्नुुपर्ने लगायतका कारण देखाउदै काउन्सिलले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई बार काउन्सिलको परीक्षामा समावेश हुन रोकेको थियो ।

सर्वोच्च अदालतले उनीहरुलाई नरोक्नु भनी आदेश दिएपछि बार काउन्सिलको आइतबारको आकस्मिक बैठकले व्यवस्थापकीय काम सकेपछि परीक्षा लिने निर्णय गरेको हो ।

अरु विद्यार्थीको हकमा भने आगामी शुक्रबार र शनिबार (१३ र १४ पुस, २०८०) मा बार काउन्सिलले लाइसेन्सको परिक्षा सञ्चालन गर्दैछ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि बार काउन्सिलले त्यो परीक्षा यथावत गरी खुला विश्वविद्यालयबाट उतीर्णका लागि छुट्टै परीक्षा सञ्चालनको तयारी गरेको हो ।

# खुला विश्वविद्यालय # बार काउन्सिल

User Photo

एक्टिभ लयर्स प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.