Kanoon Post
बिहिबार, जेष्ठ २, २०८२
| May 15, 2025 |

ललिता निवास जग्गा कीर्ते प्रकरण- पूर्वमन्त्री जोशी ३ लाख ३० हजार धरौटीमा रिहा

User Photo
आइतवार, भदौ १६, २०८१
काठमाण्डौ ।

ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई जिल्ला अदालत काठमाडौंले ३ लाख ३० हजार रुपैंया धरौटीमा रिहा गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा भने उनले सफाइ पाइसकेका छन् ।

# अदालत # चन्द्रदेव जोशी # भ्रष्ट्राचार

User Photo

एक्टिभ लयर्स प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.