Kanoon Post
बिहिबार, बैशाख ३, २०८३
| April 16, 2026 |

१७ वर्षीय किशोरीलाई घुम्न भन्दै कोठामा लिएर जबरजस्ती करणी, दुईजना पक्राउ

User Photo आइतवार, पुस १४, २०८१
काठमाण्डौ ।

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं- ३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

# अपराध # जवरजस्तीकरणी # पक्राउ

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.