Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

सातै प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ

जसरी भएपनि न्याय क्षेत्र सुधार गरेरै छाड्ने प्रधानन्यायाधीशको प्रतिवद्धता

User Photo मङ्लबार, चैत्र १२, २०८१
काठमाण्डौ ।

सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।

त्यस्तै उनले जिल्ला अदालतमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुवात गरे । यसबाट मुद्दाको सुनुवाई प्रक्रिया छिटो छरितो हुने तथा अदालतमा न्यून कागजात प्रयोग हुने निकायको रुपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत् हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जसरी भएपनि न्याय क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए।

अदालतहरूको मुद्दा व्यवस्थापनलाई सरल,सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए।

# पेशी व्यावस्थापन # प्रकाशमान सिंह राउत # प्रधानन्यायाधीश # मुख्य न्यायाधिवक्ता

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.