Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

न्यायाधीशहरू जनताबाट निर्वाचित भए न्यायालयमा सुधार हुने जनार्दन शर्माको धारणा

न्याय समितिको स्तरोन्नति गरी विज्ञहरूको दरबन्दीको व्यवस्था गर्न प्रस्ताव

User Photo शुक्रबार, असार ६, २०८२
काठमाण्डौ ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले न्यायाधीशहरूलाई जनताबाटै निर्वाचित गर्ने व्यवस्थाबारे छलफल गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै शर्माले न्यायाधीशहरू जनताबाट निर्वाचित भए न्यायालयमा सुधार हुने धारणा राखेका हुन्। देवानी प्रकृतिका मुद्दाहरू स्थानीय तहमा भएका न्याय समितिबाटै फैसला गर्ने वातावरण बनाउनुपर्नेमा समेत शर्माले जोड दिए।

न्याय समितिको स्तरोन्नति गरी विज्ञहरूको दरबन्दीको व्यवस्था गर्न प्रस्ताव गर्दै उनले भने, ‘त्यसलाई नै ती खालका मुद्दाहरू प्रारम्भिक रूपमा त्यहीँ हेर्ने, त्यहीँ मेलमिलाप गर्ने र त्यहीँ फैसला गर्ने खालको वातावरण बनाइयो भने सायद माथिसम्म आएर दुःख पाउने प्रतिशत घट्थ्यो होला र ठुलो भ्रष्टाचार पनि कम हुन्थ्यो होला भन्ने मलाई लाग्छ।’

# अदालत # जनार्दन शर्मा # न्यायाधीश नियुक्ति

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.