Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा देशभरबाट  ३७५ जना पक्राउ, १४१ वटा मुद्धा दर्ता

३६ हजार भन्दा बढी फोटो भिडियो सहितको प्रमाण संकलन गरी अनुसन्धान गर्दै प्रहरी

User Photo बुधबार, कार्तिक १९, २०८२
काठमाण्डौ ।

जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गतेसम्म देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका अनुसार सबैभन्दा काठमाडौं उपत्यकामा २१८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ । साथै ९६ वटा मुद्दा दर्ता गरिएको छ ।

यस्तै कोशी प्रदेशमा ३० जनालाई पक्राउ गरेको छ भने ४ वटा मुद्दा दर्ता गरेको छ । तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने गृहमन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशमा २१ जना अभियुक्तलाई पक्राउ गरिएको छ भने मुद्दा दर्ताको संख्या ६ रहेको छ।

यस्तै बागमतीमा ३३ जना अभियुक्त पक्राउ परेका छन् भने ११ वटा मुद्दा दर्ता भएको छ ।

गण्डकीमा ३२ जना अभियुक्त र ७ वटा मुद्दा, लुम्बिनीमा २९ जना अभियुक्त र ११ वटा मुद्दा दर्ता, कर्णालीमा ४ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता तथा सुदूरपश्चिम प्रदेशमा ८ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता भएका छन ।

आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ। प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरणसहित जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबारलगायत महत्पवूर्ण सरकारी संरचनाहरू जलाइएको थियो ।

# अनुसन्धान # अपराध # आन्दोलन # जेनजी # जेनजी आन्दोलन # नपाल प्रहरी # पक्राउ

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.