Kanoon Post
बिहिबार, साउन २१, २०८३
| August 5, 2026 |

स्मार्ट हेल्थ क्लिनिकले पहिलो वार्षिक उत्सवको अवसर निशुल्क स्वास्थ्य परिक्षण गर्ने

User Photo मङ्लबार, पुस १, २०८२
काठमाण्डौ ।

कागेश्वरी मनोहरा क्षेत्रकै सर्वाधिक सुविधा सम्पन्न स्वास्थ्य संस्थाको परिचय बनाउन सफल स्मार्ट हेल्थ क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा ७ दिने स्मार्ट हेल्थ मेलाको शुभारम्भ गरेको छ।

हेल्थ मेलाको शुभारम्भको अवसरमा क्लिनिकले नि:शुल्क कोलेस्ट्रोल जाँच, इसिजी, रगत, मधुमेह परीक्षण, मुटु रोग शिविर र बाल रोग शिविर सञ्चालन गरिरहेको छ। त्यस्तै, ल्यावका हरेक परिक्षणमा ४० प्रतिशत छुट सुविधा सहित नि:शुल्क छाला परिक्षण, दाँत परिक्षण र बच्चहरुको लागि विभिन्न खेलहरु मार्फत स्वास्थ्य गतिविधीहरु सञ्चालनमा गरिरहेको छ ।आयोजकका अनुसार स्मार्ट हेल्थ मेला आगामी पौष ५ गते शनिवार सम्म सञ्चालन हुने छ । यो अविधीमा सेवाग्राहीले विशेष छुटमा परिक्षण र उपचार पाउनेछन्।
क्लनिकले स्मार्ट हेल्थ मेलाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। जसमा २८ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रमका स्मार्ट हेल्थ क्लिनिकले आक्रमक सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि उत्सवको रुपमा सँगसँगै लगेको छ । क्लिनिकले एक वर्षको अवधिमा १० हजार भन्दा बढीलाई सेवा दिनुको साथै ३०० वटा भन्दा वढी स्थानमा १२ हजार भन्दा बढी ब्यक्तिहरुको नि:शुल्क सुगर र ब्लड प्रेसर जाँच गरि सकेको छ।
क्लिनिकले स्वास्थ्य परिक्षणका एक हजार भन्दा धेरै प्याकेज र ३०० भन्दा बढी इको तथा २५ सय भन्दा वढीलाई गुणस्तरिय भिडियो एक्स-रे सेवा उपलव्ध गराई सकेको छ। क्लिनिकले निकट भविष्यमा २५ शैयाको नमुना अस्पताल विस्तार गर्ने लक्ष्य राखेको छ ।

हाल क्लिनिकमा काठमाण्डैका प्रतिष्ठित अस्पतालहरुमा आवद्ध विभिन्न वरिष्ठ विशेषज्ञ डाक्टरहरु मार्फत स्त्री रोग, बाल रोग, नाक, कानघाँटी रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा सौंदर्य रोग, मनोरोग मुटू रोग सुगर तथा थाइराइड रोग लगायतमा परिक्षण र उपचार उपलब्ध छ।

स्वास्थ्य परीक्षणमा फोर डि भिडियो एक्स रे, इको एडभान्स, फिजियो थेरापी, दन्त उपचार पाँच बेडको इमरजेन्सी माइनर अपरेशन लगायतका सेवा सञ्चालन गरि रहेको छ ।
स्मार्ट हेल्थ मेला शुभारम्भ कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमूख श्री उपेन्द्र कार्की प्रमूख अतिथी र वडा न‌ं. ९ का अध्यक्ष श्री अनिल थापा अतिथीका रुपमा सहभागी थिए।

# स्मार्ट हेल्थ # स्मार्ट हेल्थ क्लिनिक

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.