Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

कतारले दियो जेलमा रहेका १३ जना नेपालीलाई आममाफी

User Photo शुक्रबार, पुस १८, २०८२
काठमाण्डौ ।

कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकले आममाफी पाएका छन्। कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर ती नेपाली कैदीहरूलाई आममाफी दिएको हो।

यस अवसरमा परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति धन्यवाद व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीमा १३ जना नेपाली कैदीहरूलाई आममाफी प्रदान गरेको जनाएको छ।

नेपाल सरकारले उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीका लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ। यस कदमलाई नेपाल–कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको प्रतीकका रूपमा लिँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च प्रशंसा गरिएको छ।

यसअघि नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिएको थियो। हाल कतारमा करिब पाँच लाख नेपाली श्रमिक कार्यरत छन्। गत वर्ष मात्रै एक लाख ४० हजार ७ सय ९२ जना नेपाली वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

# आममाफी # कतार # कतार-नेपाल # विदेशमा नेपाली कैदी

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.