Kanoon Post
मङ्लबार, मंसिर २५, २०८१ | December 10, 2024,

महिला पुरुष दुवैले गराउन सक्छन विवाह बदर, यस्तो अवस्थामा चाहिन्छ महिलाको अनिवार्य मन्जुरी

User Photo मङ्लबार, मंसिर ४, २०८१ मा प्रकाशित 0 प्रतिक्रिया

धेरैले सोधीरहेको पाइन्छ की मेरो विवाह दर्ता छैन, प्रेम विवाह वा संगै बस्दा बस्दै शारिरीक सम्पर्क भयो र शिशुको जन्म समेत भइसक्यो अब के हुन्छ ? कतिको विवाहदर्ता नभएकै कारण आमा र बच्चाको कयौं कानूनी अधिकार प्राप्त गर्न समेत समस्या भइरहेको पनि हुन्छ । सामान्यतया विवाह सार्वजनिक गर्नुपर्छ वा गोप्य गर्नु गराउनु हुदैन भन्ने कानूनी व्यवस्था छ । तर विवाह सार्वजनिक नगराई गोप्य राखेको वा विवाह दर्ता नभएको अवस्थामा के विवाह नै मानिदैन त ? यस सम्बन्धमा हाम्रो कानूनले विवाह जुनसुकै किसिमले भएको भए पनि सार्वजनिक गर्नु गराउनुपर्ने ब्यवस्था गरेको छ भने यदि कसैले गोप्य नै राखेको अवस्थामा पनि केही अवस्थाहरुमा विवाह भएको मानिने कानूनी प्रावधान छ ।

देवानी संहिता २०७४ को दफा ६९ को उपदफा २ मा विवाह भएको सार्वजनिक गर्नुपर्ने वा गोप्य राख्न नपाईने भन्ने व्यवस्था भने दफा ७४ मा कुनै महिला पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने  व्यवस्था छ । तर जुनसुकै अवस्थामा शिशुको जन्म भएकै कारण बाट मात्र विवाह भएको मानिदैन ।

कुन अवस्थामा शिशुको जन्म भईसकेको भए ‍पनि विवाह मानिदैन

देवानी संहिता २०७४ को दफा ७४ को उपदफा २ मा केही अवस्थामा शिशुको जन्म भएको भए पनि विवाह नमानिने ब्यबस्था छ । जवरजस्ती करणी बाट गर्भधारण भई शिशु जन्मिएमा, हाडनाता करणीमा सजाय हुने नातामा शारिरीक सम्पर्क भई शिशुको जन्म भएमा, २० बर्ष नपुग्दै शिशु जन्मिएको भएमा र बहु विवाह कायम हुने अवस्थामा बच्चाको जन्म भइसकेको भए पनि विवाह भएको मानिदैन ।

विवाह बदर हुन महिलाको मन्जुरी हुनुपर्ने अवस्था

शिशुको जन्म भईसकेको अवस्थामा जन्मिने बच्चालाई असुरक्षित बन्न नदिन कानुनमा अन्य केही व्यबस्थाहरु समेत छन । जसले कानून बमोजिम विवाह नमानिने वा बदर हुने अवस्थामा समेत शिशुलाई सुरक्षित राख्न मदत गरेको छ । संहिताको दफा ७३(२) मा यदी कसैको पनि विवाह मन्जुरी नभई, हाडनातामा, उमेर नपुगी र पहिले विवाह भई वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा विवाह भएको भए पनि मान्यता नपाउने वा बदर हुने अवस्थामा समेत शिशु जन्मिसकेको भएमा महिलाको मन्जुरी भएमा मात्र विवाह बदर हुनसक्ने कानूनी ब्यबस्था रहेको छ ।

जन्म भइसकेको शिशुको हकमा असर नपर्ने

कानून विपरित विवाह भई विवाह बदर भएमा वा बदर गराएमा जन्म भईसकेको शिशुको कानुन बमोजिमको हकमा कुनै पनि असर भने पर्दैन ।संहिताको दफा ७५ मा दफा ७२ बमोजिम विवाह

वदर भएमा वा दफा ७३ बमोजिम विवाह वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा

दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा

कुनै असर पर्ने छैन कानूनी प्रावधान रहेको छ ।

विवाह गर्न, गराउन नहुने अवस्था

एकअर्कालाई पति पत्नी स्वकार्न नमानेको वा विवाहमा मन्जुरी नभएको, हाडनातामा, उमेर नपुगी र पहिले विवाह भई वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।त्यसैगरी पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन । शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको, पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको, होस ठेगानमा नरहेको, विवाह भैसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको अवस्थामा झुक्याई विवाह गर्न गराउन हुदैन ।यसरी झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्ने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2024 Active Lawyers Pvt.Ltd. All Rights Reserved.