Kanoon Post
सोमवार, चैत्र ९, २०८२
| March 23, 2026 |

किष्ट र मेदान्त अस्पतालबीच द्विपक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर

User Photo शनिबार, मंसिर ६, २०८२
काठमाण्डौ ।

किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। आज ललितपुर स्थित हिमालय होटेलमा एक कार्यक्रम गर्दै मेदान्त अस्पतालका प्रतिनिधी तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितीमा सम्झौतामा हस्ताक्षर भएको हो ।

हालै मात्र अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता NABH Accreditation (एनएबिएच मान्यता) प्राप्त गरेको थियो । एनएबिएच मान्यता प्राप्त गरेको एक वर्षभित्रै किष्टले अन्तर्राष्ट्रियस्तरको यो साझेदारी सुरू गरेको हो।

सम्झौता पश्चात दुवै अस्पतालबीच Clinico-Surgical Excellence in Collaboration (चिकित्सकीय तथा शल्य-उपचार सहकार्यमा उत्कृष्टता) को ढाँचामा प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुनेछ। यस सम्झौता बाट किष्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र Follow-up (अनुगमन) सेवा नेपालमै सहज हुने अपेक्षा गरिएको किष्ट अस्पतालका अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताउनुभयो ।

सहकार्यले Cardiac Surgery (हृदय शल्यक्रिया), Bone Marrow Transplant (अस्थि मज्जा प्रत्यारोपण), Radiation Oncology (किरण उपचार) लगायतका Specialty Services (विशेष सेवाहरू) को क्षमतामा वृद्धि गर्नेछ भने चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदानप्रदानका अवसर पनि उपलब्ध हुनेछन्।

दुवै संस्थाबीच Telemedicine (दुरदराज स्वास्थ्य सेवा) प्रणाली जडान गरिनेछ भने गम्भीर अवस्थाका बिरामीका लागि Air Ambulance (हवाई एम्बुलेन्स सेवा) मार्फत रेफरल र उपचार प्रक्रिया सहज हुनेछ।

किष्ट शिक्षण अस्पताल एक Multi-Disciplinary Tertiary Care Center (बहुविषयक तृतीयस्तर स्वास्थ्य सेवा केन्द्र) हो भने मेदान्त अस्पताल भारतको प्रमुख Multi-Super Specialty International Healthcare Institution (बहु-विशेषज्ञता सम्पन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था) मानिन्छ।यस सहकार्यलाई KIST-Medanta Health Partnership (किष्ट-मेदान्त स्वास्थ्य साझेदारी) नाम दिइएको छ।

# किष्ट अस्पताल # मेदान्त अस्पता # सम्झौता

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.