Kanoon Post
शनिबार, माघ १७, २०८२
| January 30, 2026 |

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जना व्यक्ति र दुई कम्पनी विरुद्ध मुद्दा दायर

User Photo
बिहिबार, मंसिर २५, २०८२
काठमाण्डौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार त्यो प्रकरणमा ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको जानकारी दिए । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।

# भिजिट भिसा # भ्रष्टाचार # मुद्दा दायर

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.